Events

31th Annual General Meeting of Chandeshwori SACCOS

2023-09-23

Banepa 5, Smart Palace

चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. को ३१ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अक्ष्यक्ष श्री नविन भक्त बादे श्रेष्ठज्यूको अध्यक्षता, बागमति प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्री माननिय पुकार महर्जनज्यूको प्रमुख आतिथ्यता, तथा बागमति प्रदेश प्रतिनिधि सभा सदस्य माननिय कञ्चन चन्द्र बादेज्यू र बनेपा नगरपालिका श्री मेयर शान्ति रत्न शाक्यज्यूको विशिष्ठ आतिथ्यता र स्थानिय विभन्न सङ्घ संस्थाका प्रतिनिधि हरुको आतिथ्यतामा बनेपा ५ स्थित स्मार्ट प्यालेसमा ६ आस्वीन २०८० मा विविध निर्णय गरि संस्थाको ३१औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि माननिय पुकार महर्जनज्यूले हाल सहकारीमा देखिएको समस्या मुख्य रुपमा सञ्चालकहरुमा देखिएको आर्थिक पारदर्शिताको कमी, कमजोर सुशासन र व्यक्तिगत स्वार्थको कारण उत्पन्न भएको बताउनु भयो । नेपालको संविधानले नेपालको आर्थिक सम्वृद्धिको आधार ३ खम्बे अर्थनीति रहेको र त्यस मध्ये एक खम्बाको रुपमा सहकारी रहेकोले सहकारीको माध्यमबाट समुदायमा छरिएर रहेको स–सानो पुँजी संकलन गरि राष्टि?य पुँजी निर्माणमा सहयोग गर्न सकिन्छ र उक्त पुँजीलाई सदस्यमा नै केन्द्रित रही उत्पादन मुलक क्षेत्रमा लगानी गर्न सके रोजगारी सिर्जना हुने र राष्टिय उत्पादन पनि बढ्ने बताउनु भयो ।

साधारण सभामा संस्थाका सचिव श्री बुद्ध रत्न मानन्धरज्यूले संस्थाको गत आव २०७९÷०८० को नीति तथा कार्यक्रमको समिक्षा र आव २०८०÷०८० को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो भने संस्थाका कोषाध्यक्ष श्री गणेश कुमार रञ्जितज्यूले संस्थाको आव २०७९÷०८० को आर्थिक प्रगति समिक्षा र आव २०८०÷०८१ को आर्थिक कार्यक्रम र बजेट प्रस्तुत गर्नु भएको थियो । त्यसै गरि संस्थाका लेखा सुपरीवेक्षण समितिका संयोजक श्री राम प्रसाद श्रेष्ठज्यूले संस्थाको गत आव २०७९÷०८० को समग्र समिक्षा प्रतिवेदन पेश गर्नु भएको थियो । साधारण सभाले आगमी आव २०८०÷०८१ को अन्त्य सम्ममा १०५२२ सेयर सदस्य पुर्याउने र रू.१५३ करोडको कुल पुँजी पुर्याउने लक्ष्य सहितको वार्षिक नीति तथा कार्यक्रम र बजेट स्वीकृत गरेको छ ।